काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।
आज बसेको संघीय संसदको हिउँदे अधिवेशनको जारी बैठकलाई सम्बोधन गर्दै उनले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताए ।
प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उनले जोड दिए । साथै, नागरिकताको समस्या समाधान गर्न तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया