दुई घण्टा स्पष्टीकरण दिएपछि पारित भयो प्रचण्डको राजनीतिक प्रतिवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । करिब दुई घण्टा उठेका प्रश्नको जवाफ दिएपछि हलले तीन मिनेट ताली बजाएर उनको प्रतिवेदनलाई पारित गरेको थियो । स्पष्टीकरणमा प्रचण्डले सबैको भावनालाई समेटेर लैजाने बताएका थिए । यससँगै आज शनिबार माओवादी केन्द्रको अधिवेशन सम्पन्न हुँदैछ ।…