डा.सन्दुक रूइतलाई हरिवंश आचार्यले गरे राष्ट्रपतिमा प्रस्ताव

काठमाडौँ । चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले डा.रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा नै बढ्ने बताएका छन् ।…