काठमाडौँ ।
नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्दै समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने माग गरेको हो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिदै समयमै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए।
प्रवक्ता महतले कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए तत्काल बाधा अड्चन हटाएर चुनाव गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानकर्षण गराउने निर्णय गरेको बताए।
प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचन फागुन २९ भन्दा पछाडी लाने चर्चा चलिरहेको बताउदै त्यो कांग्रेसले कुनै हालतमा स्वीकार नगर्ने बताए।
प्रतिक्रिया