राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतबार…