प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस भिड्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रङ्गशालामा नेपालले घरेलु समर्थक र मैदानको सहयोगमा उपाधि जित्ने लक्ष्य राखेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । जसमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १–१ गोल गरेका थिए । दोस्रो…