तनहुँ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उप निर्वाचनमा निर्णायक शक्ति मानिएको गोविन्दराज जोशी समूहले कसैलाई पनि सहयोग नगर्ने भएको छ ।
नेपाली काँग्रेससँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि जोशी समूहले काँग्रेसलाई पनि सहयोग नगर्ने र कसैको पक्षमा नखुल्ने जनाएको छ । जोशी समूहले एक विज्ञप्ति जारी गर्दै तनहुँ १ को उपनिर्वाचनमा कसैको पक्षमा नखुल्ने र आफ्ना पक्षधर मतदातालाई स्वतन्त्र भएर मत दिन आग्रह गरेको छ ।
काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका जोशीले मुलुकमा देखा परेको वर्तमान चुनौतीको सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने हैसियत भएको योग्य उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
उनले भने ‘ नेपाली काँग्रेसले वार्ता गरेर आफूलाई झुक्क्याउने काम गरेको छ, कांँग्रेससंगको पहिलो चरणको वार्ता निष्कर्ष विहीन बनेको छ । काँग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट आफू लगायतका नेता कार्यकतामाथिको गरिएको कारबाही फुकुवाको निर्णय जाल झेल पूर्ण, झुक्क्याउने र आफूहरूको अपमान गर्ने खालको भएको प्रस्ट छ । ’
प्रतिक्रिया