भ्रष्टाचारविरुद्ध फाइल मात्र नभइ फायर नै खोल्न सांसद शर्माको आग्रह

भ्रष्टाचारविरुद्ध फाइल मात्र नभइ फायर नै खोल्न सांसद शर्माको आग्रह


काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरताका अघि बढ्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको विषयलाई निष्कर्षमा पुर्याउनु पर्ने बताए ।

उनले भने,कुनैपनि किन्तु परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरताका साथ जाने विषयमा सरकारले खुट्टा कमाउनु हुँदैन । यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु, भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले । निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभाष रहेको पनि शर्माले बताए ।

उनले वितेको ७० वर्षमा नै कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्षसम्म मुलुकका नेतृत्व नगरेको भन्दै कम्तिमा यो पाँच वर्ष एउटै प्रधानमन्त्रीको नेतृत्वमा सदनलाई लान सबैलाई प्रयास गर्न आग्रह गरेका छन् ।