मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा सबैभन्दा कम पारिश्रमिक पाउने कामदारको तलब बढ्ने भएको छ । आगामी जुलाई १ बाट कामदारको तलब ५.७५ प्रतिशतले बढ्न लागेको हो। बढेको तलब अनुसार अब सबैभन्दा कम पारिश्रमिक पाउने कामदारले प्रतिघण्टा न्युनतम पारिश्रमिक २३ डलर २३ सेन्ट कमाउने छन्। फेयरवर्क ओम्बुस्डम्यानको पहलमा महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरी २ डलरको तलबबृद्धीको…