आज डलरको भाउ यथावत रहँदा युरो घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?

आज डलरको भाउ यथावत रहँदा युरो घट्यो, अष्ट्रेलियन डलरको रेट कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो। आज पनि सोही मुल्य रहेको छ।

उता, युरो एकको खरिद दर १४४ रूपैयाँ २९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७८ पैसा रहेको थियो। युरो खरिद दर १ रूपैयाँ र बिक्रीदरमा १ रूपैयाँ ९ पैसाले युरेको भाउ घटेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २९ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ।