तीन दलका शीर्ष नेताको बैठक सकियो, प्रतिनिधिसभाको बैठक चल्ने

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा९एमाले०लगायतका दलले सङ्घीय संसदका दुवै…