कामठाडौँ ।
जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत आयोजक अस्ट्रेलियाले क्यानाडालाई पराजित गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
सोमबार सम्पन्न खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोल अन्तरले पराजित गरेको हो। अस्ट्रेलियाको जितमा हेली रासोले दुई गोल गरेकी थिइन् भने मेरी फोवलेर र स्टेफेन काटलीले एक एक गोल गरेका थिए।
यो जितपछि अस्ट्रेलियाको समुह बी मा ३ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहदै राउण्ड १६ मा पुगेको छ। त्यसैगरी हारसँगै क्यानडा भने विश्वकपबाट बाहिरिएको छ। क्यानाडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ।
त्यस्तै यसै समुहबाट नाइजेरियाले आयरल्याण्डसँग गोल रहित बराबरी खेल्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। नाइजेरियाको ३ खेलमा ५ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छ।
त्यस्तै आयरल्याण्डको ३ खेलमा १ अंकसहित समुहमा पुछारमा रहदै विश्वकपबाट बाहिरिएको छ। अहिलेसम्म अस्ट्रेलिया र नाइजेरियासँगै जापान, नर्वे, स्पेन र स्वीजरल्याण्ड राउण्ड १६ मा पुगिसकेका छन्।
अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको फाइनल खेल आउँदो अगस्ट २० मा अस्ट्रेलियामा हुनेछ।
प्रतिक्रिया