काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अध्यक्षमा रेमलाल खनाल (रेम्स) निर्वाचित भएका छन्। आगामी २ बर्षे कार्यकालका लागि भएको निर्वाचनमार्फत रेमलाल खनाल (रेम्स) विजयी भएका हुन्।
खनाल नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा मधु गुरुङ, प्रेम लिम्बू सत्यनारायण झा, प्रकाश थापा र महिला उपाध्यक्षमा सबनम गुरुङ निर्वाचित भएका छन् । युवा उपाध्यक्षमा बिजय परियार, महासचिवमा सन्देश केसी, उपमहासचिवमा रामप्रसाद भण्डारी, सचिवमा ममता श्रेष्ठ र भुवन झा, कोषाध्यक्षमा निरज श्रेष्ठ, सहकोषाध्यक्षमा सुबास तिम्सिना, युवा संयोजकमा गुनाखर चापागाईं (बिबेक) र महिला संयोजकमा धनु तामाङ चयन भएका छन्।
सदस्यहरुमा दिपेश गुरुङ, हरि प्रसाद पौडेल, कृष्ण भण्डारी, दामोदर लामिछाने, अनिल राना र प्रकाश तिमिल्सिना निर्वाचति भएका छन्।
यस्तै आईसिसि सदस्यमा भुवन अर्याल, नवीन गिरी र गोबिन्द खरेल चयन भएका छन्।
बिगत ८ वर्षदेखि माल्टामा बसोबास गर्दै आएका रेम्स एनआरएनए माल्टाको स्थापनाकालदेखि नै अभियानमा जोडिएका ब्यक्ति हुन्। संस्थाको संस्थापक उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै उनी नेतृत्वको दौडमा होमिएका थिए।

प्रतिक्रिया