काठमाडौँ ।
सांसद तथा पूर्वा सभामुख नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले इकागजलाई जानकारी दिए। उनका अनुसार अन्त्येष्टि गरेको दिन सार्वजनिक विदा दिने निर्णय भएको छ।
नेम्वाङको गएराति हृदयघातको कारण निधन भएको हो।
प्रतिक्रिया