काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ। न्यायाधीश अभावका कारण सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि चौधरी गत जेठ १५…