टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


काठमाडौँ ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। टिकटकमाथि बन्देज लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ भएको छ।

सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले १३ जनाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।