काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंलेराष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ।
प्रशासनले मंसिर सात गतेलाई लक्षित गरी उच्च प्रशासनिक निकाय वरपर पनि मंगलबारबाट एक महिनाको लागि निषेधाज्ञा लागू गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह,संघीय संसद् भवन बानेश्वरर सिंहदरबार क्षेत्रलाई हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ।
काठमाडौं जिल्ला प्रशासनले सोमबार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
भोलि दिउँसो नेकपा एमाले निकट युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसार्इंको नेतृत्वमा काठमाडौंमा प्रदर्शनको आह्वान भएकाले प्रशासनले सम्भावित प्रदर्शन स्थल सँगै उच्च प्रशासनिक निकाय वरपरको क्षेत्रका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रतिक्रिया