सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ। काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो। म्याद थपका लागि उनलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र…