ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्पको धक्का


काठमाडौँ ।

भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।