काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो । सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरूले शपथ लिनुभएको हो । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरूमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले…