माओवादीको केन्द्रको चुनाव चिन्ह फेर्न र मानार्थ सदस्य थप्न सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहहरुबाट विहीबार सात टोलीबाट सुझाव प्रस्तुत भएको छ। मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको…