काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । (यस्तो छ प्रचण्डले संसदमा राखेको मन्तव्य) सम्माननीय सभामुख महोदय,नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना…