कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक सर्याे

कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक सर्याे


काठमाडौँ ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा बैठक दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने कार्यसूची छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने भनिएको कांग्रेस संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सिंहदरबार नआइपुग्दा बस्न नसकेको हो। संसदीय दलको बैठकअघि पदाधिकारी बैठक बसिरहेको छ।