विश्वासको मत माग्दै प्रधानमन्त्रीले भनेः ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु’

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भनेः ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु’


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीप्रति जनताको असन्तोष भएको कुरा लुकाउन नहुने बताएका छन्। राजनीतिकर्मीहरु चुकेको कुरा स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकाल स्वर्णिम बनाउन लाग्ने प्रतिवद्धता जनाएका छन।

‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं ।’

आफ्नो यसअघिका कार्यकाल सफल कार्यकालका रुपमा इतिहासमा दर्ज भएको उनले दाबी गरे। आफू यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको बताए। ‘विश्वासको मत पाएँ भने प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु,’ प्रधानमन्त्रीले भने, ‘हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेका छौं, त्यसो हुन्न थियो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुँदैनथ्यौं।’