रोल्पाबाट वर्षमानलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, सुमेरुमा उपचार हुँदै

काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का उपमहासचिव वर्षमान पुन बिरामी परेपछि रोल्पाबाट काठमाडौं ल्याइएको छ । बिहीबार दाङ हुँदै शुक्रबार गृहजिल्ला रोल्पा पुगेका पुनलाई शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। ‘समृद्ध रोल्पा’ फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहान रोल्पा पुगेका थिए । शुक्रबार होलेरीमा न्यायो कपडा वितरण कार्यक्रम सकेर उनी शनिबार सुनछहरी गाउँपालिकाको पोवाङमा…