काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली काँग्रेसका नारायणप्रसाद एनपी साउँदले परराष्ट्र मन्त्रीको सपथ लिएका छन् । साउँदले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीकोतर्फबाट नन्दा चपाईले पनि शीतल निवासमा आयोजित कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीकोरुपमा…