काठमाडौं ।
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको बताएका छन् । एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनको समीक्षाएवं अन्तरक्रियाका लागि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको आरोप लगाए ।
यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा आउने दावी पनि उनको छ । चितवन–२ माएमाले र कांग्रेसबीचप्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित् रहेको बस्नेतको दाबी छ ।
चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्तहुने जिकिर गर्दै उनले चितवनका जनता त्यति मुर्ख छन् जस्तो आफुलाई नलागेको बताए । ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवाहो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ । राजनीतिमा जनताले कौवालाई जिताए भने फेरि जनतालाई सम्झाउनु पर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन् जस्तो मलाई लाग्दैन,’– उनले भने ।
नेता बस्नेतले काठमाडौं महानगर प्रमुखबालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए । बालेनजी नयाँ जोश र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्वहो भनेर काठमाडौं महानगरले स्वीकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था नरहेको उनको भनाइ थियो । तर आलोचना सहननसक्ने उहाँको प्रवृति ठीक नभएको वस्नेतको भनाइ छ ।
प्रतिक्रिया