परराष्ट्रमन्त्रीमा एनपी साउँद र भौतिक पूर्वाधार राज्यमन्त्रीमा नन्दा चपाईले लिए सपथ

परराष्ट्रमन्त्रीमा एनपी साउँद र भौतिक पूर्वाधार राज्यमन्त्रीमा नन्दा चपाईले लिए सपथ


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली काँग्रेसका नारायणप्रसाद एनपी साउँदले परराष्ट्र मन्त्रीको सपथ लिएका छन् । साउँदले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीकोतर्फबाट नन्दा चपाईले पनि शीतल निवासमा आयोजित कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीकोरुपमा सपथ लिएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्नु पर्ने भएकोले एनपी साउँदको नियुक्ति गरिएको जानकारहरुको भनाइ छ । अझै पनि प्रधानमन्त्री प्रचण्डसँग चार मन्त्रालय बाँकी छन् । नेपाली काँग्रेसले पठाउनु पर्ने अन्य मन्त्रीहरु पठाउन बाँकी नै छ ।