काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको हो ।
बलात्कार आरोप लागेपछि गत भदौमा नेपाल क्रिकेट संघ (क्या)ले सन्दीपलाई कप्तानबाट हटाउँदै निलम्बनमा राखेको थियो।
बलात्कार आरोपमा प्रहरीमा सन्दीपविरुद्ध उजुरी परेसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। सन्दीप असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट पक्राउ परेका थिए।
पुर्पक्षका लागि धुनामा रहेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए। सन्दीप रिहा भएसँगै क्यानले उनको निलम्बन गर्न छलफल थालेको थियो।
क्यानको यो निर्णयसँगै सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइने सम्भावना बढेको छ। आसन्न त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि प्रारम्भिक टिम घोषणा पछि क्यालने निलम्बन फुकुवाको निर्णयपछि बन्द प्रशिक्षणमा बोलाउन सकिने बताएको थियो।
सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ।
प्रतिक्रिया