काठमाडौँ । बिन्ध्यबासिनी फाउन्डेसनले सङ्गीतकार प्रकाश गुरुङलाई बिन्ध्यबासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करणको विशेष कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई एक लाख नगदसहित बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि सो सम्मानबाट भक्तराज आचार्य, माणिकरत्न स्थापित,…