सुपरहिरो बन्दै ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा

मुम्बई । फिल्म ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा सुपरहिरो चरित्रमा देखिने भएकी छन्। उनले आफू सुपरहिरो बन्न लागेको स्वीकार्दै बाँकी कुरा खुलाउन चाहेकी छैनन्। ‘मैले जहिल्यै पनि महिला सुपरहिरोलाई राम्री पाएकी छु। म अहिलेलाई यति मात्र भन्न सक्छु कि म सुपरहिरो चरित्रमा अभिनय गर्दै छु । बाँकी कुरा चाँडै साझा गर्नेछु…