काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले आज चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। नेपाल र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ११ बजेबाट सुरु हुनेछ। अघिल्ला तीन खेलमा जित हात पारेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। त्यसैले आजको खेल नेपालका लागि खेलाडीको क्षमता परिक्षण गर्ने अवसर समेत हो।…