पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु

पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु


काठमाडौँ ।

पाल्पा ट्याक्टरले ठक्कर दिँदा स्कुटर सवार आमा–छोराको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको तानसेन नगरपालिका–१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो। मृतक उनीहरू आमा–छोरा हुन।

तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो। तानसेन-दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका-९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए।

गम्भीर घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ। ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।