विश्वकप क्रिकेटको उपाधिका लागि आज अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दै

विश्वकप क्रिकेटको उपाधिका लागि आज अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दै


काठमाडौं, २८ कात्तिक । विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ ।
सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्यूजिल्याण्ड तथा पाकिस्तानलाई पाखा लगाउँदै अस्ट्रेलिया फाइनलमा पुगेका हुन् । दुबै टोली पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जित्ने अभियानमा रहेका छन् । फाइनल खेललाई अष्ट्रेलियाको बलियो ब्याटिङ लाइन विरुद्ध न्युजिल्याण्डको कसिलो बलीङको भिडन्तको रुपमा हेरिएको छ ।