अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य ९२ रुपैया ६७ पैसा मा कारोबार छ । अष्ट्रेलियन डलर शुक्रबारको तुलनामा आज एक पैसाले १२ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ। शुक्रबार अष्ट्रेलियन डलर खरिदमूल्य ९३ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य ९३ रुपैया ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।