काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्यानले बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेकोमा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणाबारे धेरैले जिज्ञासा राखेको भन्दै थापाले आफ्नो स्पष्ट धारणा रहेको बताएका हुन् ।
सांसदसमेत रहेका थापाले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरिएकोमा आपत्ति जनाएका छन् । शुक्रबार साँझ फेसकुबाट थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुनेमा आफू स्पष्ट रहेको बताएका छन् ।
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेपछि सबैले प्रश्न गरेपछि थापाले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ उनले लेखेका छन् ,’ एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ।‘
उनले यस खालको निर्णय नगर्ने आश्वासन दिएको खुलाएका छन् । ‘तर त्यसो हुन सकेन,’ उनले भनेका छन् । पुनः दोहोर्याउन चाहन्छु (बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। नो इफ, नो बट,’ उनले थपे ।
ूउनले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा गरेको निर्णय गलत रहेकाले तत्काल फिर्ता लिनुपर्ने मागसमेत गरेका छन् । गएको मंगलबार क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । उनको नाम समेट्दै क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।
बलात्कारको अभियोग लागेका सन्दीप उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका हुन् ।
प्रतिक्रिया