घनश्याम भूसाल अस्पताल भर्ना

घनश्याम भूसाल अस्पताल भर्ना


काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भूसाल बेहोश भएपछि अस्पताल भर्ना गरिएको छ । उनी उनी आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बेहोश भएको बताइएको छ ।

भुसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

भुसाल दुई साताअघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।