प्रचण्ड अस्पताल भर्ना, के भएको हो ?

प्रचण्ड अस्पताल भर्ना, के भएको हो ?


काठमाडौं, २८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप उच्च भएर स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण् उनलाई रक्तचाप बढेको बताइएको छ । केही समय अस्पतालमा बसेपछि डिस्चार्ज गरिने बताइएको छ ।