काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । ‘ए’ डिभिजन फुटबल लिग क्बल मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले उज्वल भविष्यको कामना गर्दै शुक्रबार बिहान विशाललाई बिदाइ गर्दै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनको लिग नजिकिदै गर्दा अष्ट्रेलिया लागेका हुन्। पछिल्ला केही समयमा नेपाली खेलाडीहरूका लागि अस्ट्रेलिया पहिलो गन्तव्यको रूपमा रहेको छ । केही महिनाभित्रै ३० भन्दा बढी नेपाली खेलाडी अस्ट्रेलिया गइसकेका छन् ।
सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यू गरेका विशालले नेपालका लागि ३३ खेल खेल्दै ५ अन्तर्राष्ट्रिय गोल समेत गरिसकेका छन्। केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।
प्रतिक्रिया