पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइँदै

पक्राउ परेका सांसद् चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइँदै


काठमाडौँ । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराउने गराइने भएको छ ।

ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेर कैलाली ल्याएको थियो ।

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौँ ल्याएर काठमाडौँबाट विमान मार्फत् नै धनगढी ल्याएको थियो । सांसद चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन्।

१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै नागरिक उन्मुक्ति पार्टीले बिहीबार विज्ञप्ति जारी २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।