काठमाडौँ ।
पृथ्वी राजमार्गमा विहान भएको सवारी दुर्घटनामा परी सात जना घाईते भएका छन् । नेपालगंजदेखी काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाट भन्ने स्थानमा सडकमा पल्टिएको हो ।
दूर्घटनापछि सडक एकातर्फी संचालन भइरहेको प्रहरी चौकी बेनीघाटका प्रमुख भानु आचार्यले जनकारी दिए । तीब्रगतिका कारण बस पल्टिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया