आज अष्ट्रेलियन डलरको रेट झण्डै ९४ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको रेट झण्डै ९४ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९३ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य ९३ रुपैया ७९ पैसा मा कारोबार छ । अष्ट्रेलियन डलर बिहीबारको तुलनामा आज ९७ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।