रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको बताएका हुन् ।

राजनीतिक समीकरण फेरबदल हुन लागेको हो ? भन्ने संचारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘होइन, होइन त्यस्तो केही हुँदैन।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिन लागेको हो ? भन्ने अर्को प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, मैले बुझेसम्म उहाँहरुले फिर्ता लिनुहुँदैन। ’

सरकारमा रहने नरहनेबारे निर्णय गर्न अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।