काठमाडौँ ।
रवि लामिछानेलाई न्यायको माग गर्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रूपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले लामिछानेलाई न्याय हुनुपर्ने माग राख्दै आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
मेडिकल कलेजको गेट अगाडि शरीरमा आगो लगाउने प्रयास गर्दागर्दै उनलाई प्रहरीले उद्धार गरेको छ । कुनै दुर्घटना हुन नपाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया