आज डार्विनमा नेपाली भलिबल प्रतियोगिता, ९ टिम मैदानमा

आज डार्विनमा नेपाली भलिबल प्रतियोगिता, ९ टिम मैदानमा



डार्विन, अष्ट्रेलिया ।

अष्ट्रेलियाको डार्विनमा आज आईतबार पहिलो नेपाली भलिबल प्रतियोगिता सुरु हुँदैछ । कूल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको आयोजना नेपाली भलिबल क्लब डार्विन, एनआरएन अष्ट्रेलिया, नर्दन टेरेटोरी राज्य संयोजन समिति र नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरीले संयुक्त रुपमा गरेका हुन् ।

आयोजकका अनुसार प्रतियोगितामा ७ पुरुष टिम र २ महिला टिमले सहभागिता जनाउँदैछन् । स्थानीय मरारा ईन्डोर स्टेडियममा विहान ८ बजेदेखि सुरु हुन लागेको हो । राति साढे सात बजेसम्ममा सबै खेल सम्पन्न गर्ने तयारी छ ।

नेपालको राष्ट्रिय खेल भलिबल पछिल्लो समय अष्ट्रेलियाका युवामाझ लोकप्रिय बन्दैछ । प्रतियोगितामा सहभागी हुनका लागि दर्शकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।