काठमाडौं, २६ कात्तिक । नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेको छ । योसँगै पार्टीमा ‘एक व्यक्ति, एक समिति’को नीति लागू गरेको छ । पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलिदेखि वडा तहको सम्मेलन गर्दैछ । त्यसको अघिल्लो दिन केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधानमा संशोधन गरेको छ ।
अब एक व्यक्ति एक पदको नीति लागू भएको छ । यो निर्णयअनुसार कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्र बस्न पाउँछन् । यसअघि केन्द्रीय सदस्यहरु प्रदेश कमिटीका अध्यक्ष लगायतका पदमा थिए । यस्तो समस्या माथिदेखि तल्लो कमिटीसम्म थियो । ‘नयाँलाई जिम्मेवारी दिन यो व्यवस्था गर्नैपर्ने थियो, एक नेता भन्छन् । बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या पनि थपेको छ । अब हरेक पालिका कमिटीमा तीन उपाध्यक्षसहित सात पदाधिकारी हुनेछन् । यसअघि एक उपाध्यक्ष मात्र रहने व्यवस्था थियो ।
प्रतिक्रिया