३ सय ९७ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

३ सय ९७ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु


काठमाडौं, २६ कात्तिक । देशभर ३ सय ९७ जना कोरोना संक्रमित थप भएका छन् । ११ हजार ६६ जनाको नमुना परीक्षण गर्दा ३ दशमलव ५८ अर्थात् ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका तीन सय ९७ सहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार चार सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी आज ३ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छ । संक्रमण मुक्त हुनेको संख्या पनि ७ लाख ९७ हजार ४ सय ४८ पुगेको छ । यही अवधिमा तीन जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६९ पुगेको छ । अहिले नेपालमा सात हजार चार सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।