काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८३ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ। अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।
आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकीएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।
बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ १३ पैसा र बिक्रीमा ४३० रूपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ४८ पैसा तोकिएको छ
प्रतिक्रिया