बागमती प्रदेशमा दुई मन्त्री थपिए, १५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी

बागमती प्रदेशमा दुई मन्त्री थपिए, १५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी


काठमाडौं, २५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त दुबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो ।
प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकोले आर्थिक मामिला मन्त्रालय जम्मकट्टेललाई दिइएको हो । लामा भने पहिलो पटक मन्त्री बन्नुभएको हो ।
यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाउनुभएको थियो । भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुह्ुन्छ ।
गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । पाण्डे मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि २ मन्त्रिपरिषदमा २ मन्त्री थप गरिएको हो । नेकपा एकीकृत समाजवादीका एक सांसदका अनुसार १३ मन्त्री र ३ राज्यमन्त्रीसहित मन्त्रिपरिषद १५ सदस्यीय बनाउने तयारी छ ।