क्यानका ७ जना केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

क्यानका ७ जना केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा


काठमाडौँ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा माग गरेका छन्। मङ्गलवार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई राजिनामाको लिखित पत्र नै बुझाएका हुन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरूले लिखित रूपमा राजीनामा मागेका हुन् ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, सञ्जयराज सिंह, अमित वीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन्।